मैदा उत्पादनमा नेपाल आत्मनिर्भर, आयातमा पूर्ण बन्देज लगाउन माग

काठमाडौं, ४ माघ । उद्योगीहरुले मैदामा नेपाल आत्मनिर्भर भइसकेको उल्लेख गर्दै अन्य मुलुकबाट हुने आयातमा पूर्ण बन्देज लगाउन माग गरेका छन् ।

नेपाल मैदा उद्योग संघको २२ औं वार्षिक साधारणसभाले यस्तो माग गरेको हो । स्वदेशी उद्योग संरक्षणका लागि अन्य मुलुकबाट आयात हुने मैदामा पूर्ण बन्देज हुनुपर्ने माग सरकारलाई राखिने भएको छ।

कच्चा पदार्थ गहुँ र तयारी वस्तु मैदा आयात गर्दा भन्सार मूल्यांकन कमसेकम दुई तहले फरक हुनुपर्ने माग पनि उद्योगीको छ।

गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको दरमा अन्तर कम भएकाले कम्तिमा पनि दुई तह फरक पारिनुपर्ने र गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा आयात गर्दा १ प्रतिशत पार्न अनुरोध गर्ने निर्णय संघले गरेको छ।

यस्तै कमसेकम अफ सिजनमा भए पनि स्वदेशी उद्योगले सहुलियत दरमा गहुँ आयात गर्न पाउनुपर्ने, फ्लोर फोर्टिफिकेसन आयातित मैदामा पनि हुनुपर्ने, नेपालमा गहुँको उत्पादन बढाउन किसान, सरकार र व्यवसायीको सहकार्य गर्दै जाने र मैदा निर्यातमा दिंइदै आएको अनुदानलाई पुनः ५ प्रतिशत कायम हुनुपर्ने माग पनि सरकारलाई बुझाउने निर्णय गरिएको उद्योगीले बताएका छन्।

यसैबीच, संघको २२ औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडलाई आगामी २ बर्षको लागि पुनः अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ ।

यसअघि उनी २ कार्यकालदेखि अध्यक्षकै रुपमा रहेका छन् । माघ २ गते शुक्रबार काठमाण्डौमा सम्पन्न सभावले सभाले प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here