प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त

काठमाडौं, ४ माघ । उद्योगी मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

पूर्वराज्यमन्त्रीसमेत रहेका उद्योगी दुगड पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।

उनलाई गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खतिवडा अमेरिकाका लागि राजदूत भएपछि विशेष आर्थिक सल्लाहकार पद रिक्त रहेको थियो । उनले मन्त्रीसरहको सेवा सुविधा पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here