रोजगारीका लागि ६ महिनामा ७२ हजार नेपाली विदेश पलायन

काठमाडौं, ५ माघ । विश्वनै कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

कोरोना महामारीकै समयमा रोजगारीको लागि विदेशीने नेपालीको सख्या पनि बढ्दै गएको छ । नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् ।

तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार ६ महिनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएको देखिन्छ ।

विशेषगरि यो समयमा दुवई, कतार, बहराइन, कुवेत लगायतका देशमा बढी नेपाली गएका छन् । कोरोनाको महामारीलाई लक्षित गर्दै सरकारले गत फागुनको अन्त्य तिरबाट श्रम स्वीकृति दिन स्थगन गरेको थियो ।

तर, असारदेखि भने त्यो खुल्ला गरिएको छ । श्रम स्वीकृति खुल्ला गरेपछि विदेशीने कामदारको सख्या बढ्दै गएको छ ।

कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here