काठमाडौं, ५ माघ । नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।
विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो। तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ।
सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।