इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता, इसेवामै अस्ट्रेलियाको रेमिट्यान्स

काठमाडौं, ५ माघ । रेमिट्यान्स क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्सफर र अस्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

योसँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् ।

यससँगै अष्ट्रेलियाबाट नेपालीले नगद तथा कुनै पनि बैंक खातामा वा सोझै ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

नगदमा पठाइएको रकम ईसेवा मनी ट्रान्स्फरका नेपाल भर रहेका आठ हजारभन्दा धेरै एजेन्ट तथा ईसेवा वालेट एप मार्फत प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

नगदमा पठाइएको रकम ईसेवा वालेटमा प्राप्त गर्दा ५५ रुपैयाँ अतिरिक्त रुपमा क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रु। ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ।

लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्चस्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिनेछ।

इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट दुवै माध्यममार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले अमेरिका, जापान, युरोपीयन देशलगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्सफर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here