काठमाडौं, ७ माघ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ सवस्टेशनबाट विद्युत आपूर्ति हुने स्थानमा विद्युत ७ घण्टा विद्युत आपुर्ति बन्द हुन लागेको हो ।
आवश्यक मर्मतका लागि भन्दै प्राधिकरणले बिहान १० बजेदेखि ५ बजेसम्म ७ घण्टा विद्युत आपुर्ति बन्द गर्न लागेको जनाएको छ ।
चुनिखेल फिडर अन्तर्गत वितरण गरिएको भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारीमा विद्युत आपुर्ति बन्द हुनेछ ।