‘अश्लील केक’ बनाएको भन्दै ४० हजार जरिवाना !

BBC

काठमाडौं । इजिप्टकी एक महिलालाई ‘अश्लील केक’ बनाएको आरोपमा झण्डै ४० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

उनले बनाएको केकको माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक खाइएको पनि थियो ।

यसले इस्लाम धर्म विरोधी भएको भन्दै उनलाई केही बेर पक्राउ गरिएको इजिप्टका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त केकको फोटो भाइरल भएपनि ति महिलालाई पक्राउ गर्दै ३१९ डलरको जरिवाना गरेको थियो । केही समयपछि उनलाई ३१९ डलरको जमानतमा पछि रिहा गरियो ।

उक्त महिलाको साथसाथै सो जन्मदिनको समारोहमा उपस्थितहरूमाथि पनि कानुनी कारबाही हुनसक्ने बताईएको छ । तर, बेकर महिलाले भने आफूले यौन विषय जनाउने खालको केक नबनाएको बताउदै आउकी छिन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here