पेट्रोलियम पदार्थको मूल्य समायोजनलाई राजनीतिक विषय बनाउन मिल्दैन्ः आयल निगम

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषयलाई राजनीतिक विषय बनाउन नमिल्ने नेपाल आयल निगम बताएको छ ।

गत सोमबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै राजनीतिक पार्टी र तिनका भ्रातृ संगठनहरुले विरोध गर्न थालेपछि निगमले यस्तो धारणा सार्वजनिक गरेको हो ।

गत डिसेम्बर १६ तारिखबाटै भारतीय आयल निगमले मूल्य बढाएर पठाएपनि नेपालमा भने मूल्य वृद्धि नगरेको आयल निगमको धारणा छ । तर पछिल्लो समय गत जनवरी १६ तारिखमा समेत थप मूल्य वृद्धि भएर आएपछि बाध्य भएर मूल्य वृद्धिमा जानुपरेको निगमले बताएको छ ।

निगमले पछिल्लो समय गत सोमबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा समान २/२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो । सो मूल्य वृद्धिको निर्णय आएसँगै काँग्रेस निकट नेविसंघले विरोध गर्दै मूल्यवृद्धि फिर्ता नभए आन्दोलनको चेतावनी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here