विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, ८ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १७ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ५१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ७७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here