निक्षेप उपकरण मार्फत ५० अर्ब संकलन गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

काठमाडौं, ८ माघ । नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । विहिबार केन्द्रीय बैंकले निक्षेप उपकरण मार्फत २८ दिन अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागेको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

ब्याजदरसमेत माघ ८ गते दिउँसो २ बजेसम्म बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । यसको साँवा तथा ब्याज भुक्तानी फागुन ६ हुनेछ ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।

केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ । बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेख छ ।

निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिनेछ ।

निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here