ड्राइभिङ लाइसेन्सको अनलाइन फाराम भर्ने निश्चित कोटा प्रणाली शुक्रबारदेखि हट्ने

काठमाडौं, ८ माघ । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदनमा लागू भएको निश्चित कोटा प्रणाली शुक्रबारदेखि हट्ने भएको छ ।

दिनको निश्चित संख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकता अनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

कोटा प्रणाली हटेपछि अब सेवाग्राहीले सातै दिन २४सै घन्टा फारम भर्न सक्नेछन् । कोरोना भाइरसको कारण विगत १० महिनादेखि रोकिएको अनलाइन फाराम कोटा तोकेर गएको पुस १४ गतेदेखि खुलेको थियो ।

आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here