नेप्से ३२ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, २१ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा थप नयाँ रेकर्ड कायम भएको छ । बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

बिहीबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ४४५.५९ अंकमा पुग्यो ।

आज बैंकिङ्ग र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । बैकिङ्गको सूचक ०.२२ अंकले घट्यो भने सामुहिक लगानी कोषको ०.४३ अंकले घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक बढ्यो । निर्जीवन बीमाको सूचक ४.९४ प्रतिशत बढ्यो । त्यस्तै, जलविद्युतको ३.७७ प्रतिशत बढ्यो ।

बिहीबार कारोबार रकममा पनि केही वृद्धि भएको छ । आज २०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड ८५ लाखको कारोबार भयो ।

आज कारोबारमा आएका मध्ये २१ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सबैभन्दा धेरै सर्पोट लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, स्वाभिमान लघुवित्तको ९.९८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नारायणी विकास बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ६.७० प्रतिशत घट्यो । त्यस्तै, नेपाल हाइड्रो डेभलर्सको ४.२५ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ५३ करोड ३३ लाख १२ हजारको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here