आलु खानु स्वास्थ्यको लागि फाइदै फाइदा

काठमाडौं । भान्सामा सबैभन्दा बढी प्रयोग गरिने तरकारी आलु खानमा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी छ ।

विभिन्न अनेक प्रकार बनाएर खान सकिने आलुमा विभिन्न प्रकारका पौष्टिक तत्व हुने भएको कारण बच्चादेखि वृद्धवृद्धाहरुले आलु मन पराउछन् ।

आलुमा मिनरल्स, भिटामिन, खनिज र एन्टि अक्सिडेन्ट जस्ता अनेकौंपौष्टिक तत्व पाईन्छ ।

यस्ता छन् आलु खानुका फाइदाः

१. आलुमा अत्यधिक पोषण तत्व रहन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ ।

२. आलुमा भिटामिन, खनिज र एन्टि अक्सिडेन्ट लगायतका तत्व अधिक मात्रामा पाइन्छ । आलुमा पाइने एन्टि अक्सिडेन्टले क्यान्सर, मधुमेह, हृदय रोग लगायत पुराना रोगहरुमा समेत उपयोगी हुन्छ ।

३. यदि तपाईंमा रक्तचाप, प्रतिरोधात्मक शक्ति, पाचन प्रणाली लगायतका समस्या छन् भने आलुको सेवन निकै उपयोगी मानिन्छ ।

४. आलुमा प्रशस्त स्टार्चको मात्रा हुने भएकाले यसले रगतमा इन्सुलिनको मात्रालाई कन्ट्रोल गर्छ । र ब्लड सुगर हुने खतरा घटाउँछ ।

५. आलुको नियमित सेवन गर्ने ब्यक्तिलाई ग्यास, कब्जियत, पेट दुख्ने लगायतका रोगको जोखिम कम हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here