प्रतितोला २०० रुपैयाँ घट्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।

बिहीबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घट्यो। शुक्रबार चाँदीको कारोबार मूल्य १२ सय ६० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here