स्पेनिस कोपा डेल रेः कोर्नेलाविरुद्ध जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

काठमाडौं । स्पेनिस कोपा डेल रेमा सर्वाधिक धेरै पटकको विजेता बार्सिलोनाले अन्तिम १६ को यात्रा तय गरेको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को खेलमा बार्सिलोना तेस्रो डिभिजन क्लब कोर्नेलाविरुद्ध २–० गोलको जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा २ गोल गर्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनाले निर्धारित समयभित्र पाउको दुई पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ३९औं मिनेटमा मिरालेम पियानिक पेनाल्टीमा गोल हान्न चुके भने ८०औं मिनेटमा ओस्मान डेम्बेलेले पनि पेनाल्टी मिस गरेका थिए ।

अतिरिक्त समयको ९२औं मिनेटमा डेम्बेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै, अरितरिक्त समयको अन्त्यमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here