पुँजीकोषको आधारमा कृषि विकास बैंक सबैभन्दा ठूलो, कुल पुँजीकोष कति ?

काठमाडौं । पुँजीकोषको आधारमा सरकारी स्वामित्वको कृषि विकास बैंक सबैभन्दा ठूलो बनेको छ ।

नेपाल राष्ट्र बैंकले आन्तरिक बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात अनुगमन/मूल्यांकन प्रयोजनका लागि तयार पारेको बासेल-थ्री को एक विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा ३१ अर्ब ३८ करोड रूपैयाँको कुल पुँजीकोष सहित कृषि विकास बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको हो ।

यी हुन् धेरै पुँजीकोष हुने ५ बैंक

राष्ट्र बैंकको तथ्यांक अनुसार दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा यो बैंकको कुल पुँजीकोष २८ अर्ब ६४ करोड रूपैयाँ पुगेको छ ।

यस्तै तथ्यांकको तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । बैंकको कुल पुँजीकोष २६ अर्ब ८० करोड रूपैयाँको बराबर छ । चौथो स्थानमा रहेको नबिल बैंकको पुँजीकोष २२ अर्ब ५० करोड रूपैयाँ छ । त्यस्तै, एनआईसी एसिया बैंक २२ अर्ब ३२ करोड रूपैयाँको पुँजीकोषसहित पाँचौँ स्थानमा छ ।

बैंकहरूको कुल चुक्ता पुँजी, सम्पत्ति र अन्य लगानीका लागि उपलब्ध स्रोतमा दायित्व घटाएर बैंकिङ क्षेत्रको कुल पुँजीकोष निकालिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here