काठमाडौं, १० माघ । नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३८६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ५२ रहेको छ ।