मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्याइयो, विमानस्थल शोकमग्न

काठमाडौं, १० माघ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याइएको हो ।

नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो ।

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो ।

उनले शव विमानस्थलबाटै सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । विमानस्थलमा थुप्रै शव एकैपटक आउँदा विमानस्थल क्षेत्र भावबिह्वल बनेको थियो ।

शव लिन आएका अधिकांश साथीभाइ र आफन्तजनका आँखामा आँशु थामिएको थिएन । निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here