घरजग्गा कारोबारले लय समात्यो, एक महिनामै ६ अर्ब ६५ करोड राजस्व संकलन

काठमाडौं, १० माघ । कोरोना भाइरसका कारण सुस्ताएको घरजग्गा कारोबारले लय समातेको छ । महामारीले शिथिल बनेको घरजग्गा कारोबार पु्स महिनामा भने बढेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार पुस महिनामा मात्रै देशभर ७६ हजार ५३२ घरजग्गा किनबेच भएका छन् ।

मंसिर महिनामा ६१ हजार ४५१ घरजग्गा किनबेच भएकोमा पुसमा आइपुग्दा यो संख्या १५ हजारले बढेर ७६ हजार नाघेको हो ।

तथ्यांक अनुसार घरजग्गा कारोबार मार्फत पुस महिनामा ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । मंसिरमा ५ अर्ब १४ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

पुस महिनामा लिखत पारित, नामसारी, संसोधन, हालसाविक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहीयानी हक नामसारी, मोही लागत कट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि जस्ता शिर्षकमा सेवा प्रदान गरेवापत राजश्व संकलन भएको छ ।

रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ७४ करोड २३ लाख, पुँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८३ लाख, सेवाकरबाट ४३ करोड ३९ लाख, बागमति सभ्यता शुल्क शीर्षकबाट १९ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here