जनगणनाका लागि गणक र सुपरिवेक्षकमा जागिर खुल्यो, आवेदन कहाँ र कसरी दिने ?

काठमाडौं, ११ माघ । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त माग गरेको छ ।

केन्द्रिय तथ्यांक विभागले आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्दै आवेदन खुला गरेको हो । विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ ।

करारमा नियुक्त जनशक्तिले नपुगे सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिनेछ ।

आवेदन कहाँ र कसरी दिने ?

अनलाइन दरखास्त केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अन्तर्गत सबडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ ।

यसका अलवा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको पनि केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

कस्ता व्यक्तिले दिन पाउछन् आवेदन

विभागका अनुसार स्नातक तह वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने व्यवस्था छ ।

जनगणनाका लागि चार अर्ब बजेट आईसकेको छ । चार अर्बमध्ये दुई अर्ब चालु आर्थिक वर्षमा र बाँकी दुई अर्ब पछि खर्च हुने विभागले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here