विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १२ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here