सुनको मूल्य घट्यो

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।

आइतबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here