मञ्जुश्री फाइनान्ससहित थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

काठमाडौं, १२ माघ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १० वटा संस्थाहरू आबद्ध भएका छन्।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मञ्जुश्री फाइनान्ससहित ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई आरटीजीएस प्रणालीमा आवद्ध गराएको हो ।

थपिएकामा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक रहेका छन् ।

वित्तीय संस्थामा आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स कनेक्ट आरटीजीएस प्रणालीमा थपिएका हुन् । यो प्रणालीमा प्रत्यक्ष सहभागीका रुपमा आबद्ध भई उनीहरुले कारोबार गर्ने भएको नेपाल राष्ट्र बैंकले जनाएको हो।

यस अघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्टआरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ ।

आरटीजीएस प्रणालीमार्फत् ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here