यी हुन् ग्याष्टिक बढाउने ५ तरकारी

काठमाडौं । प्राय सबै मानिसलाई पाचन प्रक्रियामा समस्या आएपछि पेटमा ग्यासको समस्या पैदा हुन्छ । हामीले खाने कुनै तरकारीले पनि पेटमा ग्यास बनाँउछ अनि पेट फुल्ने समस्या हुन्छ ।

यसमध्ये, केही तरकारी यस्ता छन् जसले पेटमा ग्यास पैदा गराउँछ ।

कटहर

कटहर पाकेपछि खाँदा जति मिठो हुन्छ त्यति नै काँचो हुँदा तरकारीको रुपमा पकाएर खाँदा पनि मिठो हुन्छ । तरकारी पकाउँदा मासु जस्तै देखिन्छ । कटहरमा भारी मात्रामा पोषक तत्व पाइन्छ । तर, ग्यासको समस्याबाट पीडित व्यक्तिहरुले यसको तरकारी खानुहुँदैन । यसले शरीरमा ग्यासको मात्रा झन् बढाउँछ ।

पिडालु

पिडालु सर्वसुलभ तरकारी हो । यसलाई झोल हालेर वा सुख्खा दुवै तरिकाले पकाउन सकिन्छ । यसलाई दालमा मिसाएर समेत पकाउन सकिन्छ । तर, यसले पेटमा भने ग्यासको समस्या पैदा गराउँछ । यसको तरकारी खान निकै रुचाउने व्यक्तिले यसको तरकारीमा अजवाइन हालेर खाने गर्नुपर्छ । जसले ग्यासको समस्या हुन दिँदैन ।

मुला

मुलालाई विशेषतः सलादको रुपमा खाने गरिन्छ । भने, मुलाको तरकारी पनि खाने गरिन्छ । मुला खाँदा ग्यासको समस्या हुन्छ भने यसमा पनि अजवाइन हालेर खान सकिन्छ ।

सेतो चना

मोटो र ठूलो हुने सेतो चना तरकारीको रुपमा निकै स्वादिष्ट हुन्छ । तर यसले ग्यासको समस्या गराउँछ त्यसैले त्यसबाट बच्न चनाको बोक्रा फालेर खाने गर्नुपर्छ ।

राजमा

धेरै जसो राजमा भातसँग खाने गरिन्छ । यसले पनि ग्यासको समस्या पैदा गराउँछ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here