पाँच महिनामा साढे २३ अर्बको लगानी प्रतिवद्धता, पर्यटनमा मात्रै साढे १५ अर्ब

काठमाडौं, १२ माघ । चालु आर्थिक वर्षको पाँच महिनामा साढे २३ अर्बको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा विभिन्न १२३ उद्योगमा कुल २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ४ अर्ब १५ करोड कम हो । अघिल्लो वर्ष सोही समयमा १४९ परियोजनामा २७ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाउँछ ।

पर्यटन क्षेत्रमा मात्रै साढे १५ अर्बको प्रतिवद्धता

विभागको तथ्यांक अनुसार यस अवधीमा पर्यटन क्षेत्रमा मात्रै साढे १५ अर्बको लगानी प्रतिवद्धता आएको छ ।

गएको पाँच महिनामा पर्यटन क्षेत्रमा मात्रै ७६ परियोजनामा १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ७ अर्बभन्दा धेरै हो । अघिल्लो वर्ष सोही समयमा ५९ परियोजनामा ८ अर्ब २ करोडको लगानी प्रतिवद्धता आएको थियो ।

धेरै लगानी प्रतिवद्धता आएको दोस्रो परियोजनामा सेवा क्षेत्र रहेको छ । यस समयमा सेवा क्षेत्रका ३१ परियोजनामा ५ अर्ब ५ करोडको लगानी प्रतिवद्धता आएको छ ।

कृषी क्षेत्रमा भने लगानी प्रतिवद्धता सबैभन्दा कम रहेको छ । गएको पाँच महिनामा कृषी क्षेत्रमा जम्मा २ वटा परियोजनामा ३७ करोडको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here