विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १३ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ सय रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here