बंगलादेश बैंकको खुद नाफा १६ प्रतिशतले वृद्धि

काठमाडौं, १३ माघ । कोरोनाका बाबजूद नेपाल बंगलादेश बैंकको खुद मुनाफामा सुधार आएको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा १६.५२ प्रतिशत बढी हो। गत आवको पुससम्म बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशतले घटेर १ अर्ब २४ करोडमा सीमित भएको छ छ । खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा १८.८९ प्रतिशत बढेर १ अर्ब ३३ करोड ९० लाख पुगेको छ।

८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४६ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ४६ करोड ७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले ७० अर्ब ८ करोड निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २.९६ रुपैयाँले बढेर २२.१६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६५.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.७३ गुणा, खराब कर्जा २.३७ प्रतिशत, बेसरेट ८ प्रतिशत, स्प्रेड दर ४.१९ प्रतिशतरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here