नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर बिक्री खुला

काठमाडौं, १३ माघ । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर माघ १३ गतेदेखि बिक्री खुला गरेको हो।

माघ १३ गतेदेखि खुला भएको हकप्रद शेयरमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

बैंकको हकप्रदमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।

बैंकले हकप्रद शेयर निष्काशनको लागि पुस २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो । हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here