मेस्सी नखेलेका सबै खेल बार्सिलोनाले जित्छः अर्जेन्टिनी पूर्वगोलकिपर गाट्टी

काठमाडौं । धेरैजसो समयमा मेस्सीको आलोचना गर्दै आएका अर्जेन्टिनाका पूर्वगोलकिपर ह्युगो ओर्लान्ड गाट्टीले पुनः एक पटक मेस्सीको आलोचना गरेका छन् ।

पछिल्लो दुई खेलमा मेस्सी नखेल्दा पनि बार्सिलोना बिजयी भएको प्रसंगलाई जोड्दै गाट्टीले मेस्सी नखेलेका सबै खेलमा बार्सिलोना विजयी हुने बताएका हुन् ।

गाट्टीले एल चिरिङ्गुइटोसँगको कुराकानीमा भने ‘जहिल्यै पनि मेस्सी नखेलेको खेलमा बार्सिलोनाले जित्छ । फुटबल भनेको जितको बारेमा हुन्छ र यदि तपाईं राम्रो खेल्नुहुन्छ भने राम्रो हुन्छ । सबै समय मेस्सी नहुँदा बार्सिलोना विजयी हुन्छ । विगतले यसै भन्छ ।’

७६ वर्षीय गाट्टी मेस्सीको आलोचना गर्दा बिबादित समेत बन्दै आएका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here