चार वर्षदेखि बन्द ताताेपानी नाका खुल्याे, ऊन लिन चीन गए कन्टेनर

काठमाडौं । सुरक्षा संवेदनशिलताकाे कारण देखाउँदै चारवर्षदेखि चीनले बन्द गरेकाे प्रमुख भन्सार नाका ताताेपानी सञ्चालनमा आएकाे छ ।

२०७२ सालकाे वैशाख भूकम्पले ताताेपानी बजारमा ठूलाे क्षति पुर्याएकाे थियाे । नेपाल-चीन जाेड्ने मितेरी पुल लगायत सडक र भवनहरूमा क्षति पुगेपछि आकस्मिक रूपमा बन्द भएकाे नाका त्यसपछि सुरक्षाकाे कारण देखाउँदै चीनले बन्द गरेकाे थियाे ।

नेपाली पक्षले चीन विराेधि गतिविधि हुन नदिने प्रतिवद्दता जाहेर गरेपछि मात्रै नाका खाेल्न चीन राजी भएकाे थियाे । नाका खुलाउन नेपाल सरकारले पटक–पटक आग्रह गरेकाे थियाे ।

नाका खुलेसँगै मंगलबार बिहान ४ वटा कन्टेनर ऊन लिन चीन तर्फ पठाइएकाे छ । ती कन्टेनर बुधबार काठमाडाैं आइपुग्ने छन् ।

सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माणको काम भैरहेकाे छ । चिनियाँ कम्पनी चाइना रेलवे कन्सट्रक्सन कम्पनीले पुलकाे निर्माण गरीरहेकाे छ। हाल अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकबाट नै कन्टेनर गएका चीनतर्फ गएका हुन् ।

भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेकाे सडककाे भने पुनःनिर्माण भइसकेको छ ।

भूकम्पलगत्तै ताताेपानी नाका बन्द भएपछि रसुवाको केरूङ नाकाबाट चीनसँगकाे व्यापार हुने गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here