टिकटकसहित ५९ वटा चिनियाँ एप भारतमा सधैको लागि बन्द, कुन-कुन परे ? (सूचीसहित)

काठमाडौं । भारत र चीनबीच सीमा विवाद जारी छ । दुवै देशबीचको विवादको कारण सीमा क्षेत्रमा बेला बेलामा झडम भैरहेको हुन्छ । विवादको मारमा परेको छ चिनियाँ एप ।

भारतीय सुरक्षा एजेन्सीले सुरक्षा खतरा देखाउँदै केहि चिनियाँ एपहरु प्रयोग गर्न सबैको लागि बन्द गरेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुरक्षा एजेन्सीले प्रतिबन्ध लगाएको टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको हो ।

एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

प्रतिबन्ध लगाइएकामा सेयरइट, यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप छन्। टिकटक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुरक्षा एजेन्सले चिनियाँ एप बन्द गर्न गरेको प्रस्ताव भारतको राष्ट्रिय सुरक्षा काउन्सिलले पनि समर्थन गरेको थियो । काउन्सीलले पनि चिनियाँ एप भारतको सुरक्षामा खतरा पर्ने जनाउँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here