थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

फाइल फोटो

काठमाडौं, १३ माघ । नेपालमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here