छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै भाइरल भएका अर्जुन विक पक्राउ

काठमाडौं, १३ माघ । छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्।

कैलालीकी एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय विकलाई पक्राउ गरेको हो ।

भजनी नगरपालिका–४ कि एक युवतीलाई ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप उनलाई लागेको छ ।

उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए। गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार थिए।

त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन्। उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट पक्राउ गरेको हो ।

अर्जुनले सुनाएको एकोहोरो कथामा विश्वास गरेर युट्युब च्यानलहरूले उनलाई निकै साथ दिएका थिए । श्रीमतीले छोडेर गएपछि आफूले दुई वर्षको बच्चालाई सधैं यसैगरी पिठ्युँमा बोकेर रिक्सा चलाउने गरेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here