औषधि बिनै रुघा ठीक गर्ने पाँच घरेलु उपाय

काठमाडौं । मौसम परिवर्तन भएसंगै रुघाखोकी जस्ता समस्याहरु देखिनु सामान्य हो । रुघाको कारण नाक समेत बन्द हुने अवस्था आउने र स्वासप्रस्वासमा समेत समस्या हुन सक्छ । रुघाबाट छिटो छुटकारा पाउन मानिसहरु धेरै औषधिहरुको प्रयोग गरिरहेका हुन्छन् ।

उनीहरुले खासगरी सञ्चो, विभिन्न प्रकारका भिक्स छालामा दल्ने तथा मालिस गर्ने गरिरहेका हुन्छन् । तर त्यसले छालामा अन्य समस्या निम्त्याउन सक्छ ।

यस्तो समस्याबाट छुटकारा पाउने घरेलु उपाय पनि छन् जसले हाम्रो छालामा कुनै प्रकारको नकारात्मक प्रभाव नपारिकन रुघा खोकी ठीक पार्न सक्छ ।

यस्तो छ रुघा ठिक गर्ने घरेलु उपायः

१. बाफ

रुघा ठीक गर्ने सबैभन्दा सरल र सहज उपाय बाफ लिनु हो । यसको लागि एउटा भाँडोमा पानी र थोरै भिक्स वा सञ्चो राखेर एउटा कपडाले टाउको छोप्दै त्यसबाट निस्किएको बाफ लिँदा रुघा ठीक हुन्छ ।

२. प्याज

प्याजमा रुघा ठीक गर्ने गुण हुन्छ । यसले रुघाको कारण बन्द भएको नाक खोल्ने कामको लागि सहयोग गर्छ । रुघा ठीक गर्नको लागि ५ मिनेटसम्म प्याजको टुक्रा सुँघ्नु प्रभावकारी उपाय हो ।

३. कागतीको प्रयोग

एउटा कचौरामा २÷३ थोपा कागतीको रस र १ दाना मरिच कुटेर नाकको छेउछाउमा लगाउने र करीब ५ मिनेटसम्म यसरी नै राखेर धोएमा रुघा निको हुन्छ । यसले छिटो प्रभाव देखाउँछ ।

४. नरिवलको तेल

तरिवलको तेल नाकमा लगाउने र लामो सास लिएर त्यसलाई तान्ने हो भने रुघाको समस्या कम हुन्छ । तपाईंको बन्द भएको नाक तुरुन्त खोल्न पनि यसले मद्दत गर्छ ।

५. कपूर

कपुरको कडा वास्नाले बन्द भएको नाक खोल्नको लागि सहयोग गर्छ । नरिवल तेलमा कपुर मिसाएर सुँघ्दा फाइदाजनक हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here