को-को लागे वामदेवको एकता अभियानमा, वडासम्म नै संगठन

काठमाडौं, १४ माघ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै समूहमा नलागी आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्न लागेका हुन्।

वामदेवले घोषणा गरेको अभियानमा साबिक नेकपा केन्द्रीय कमिटीका एकजना बाहेक अन्य नेता सहभागी भएको देखिएनन् ।

वामदेवसँग नेताहरु हरि पराजुली, डा. हिराबहादुर श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य विनोद खड्का, विघटित प्रतिनिधिसभा सदस्य माया ज्ञवाली, तुलसा थापा, कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती रिजाल खड्का, केबी उप्रेती र डिबी कार्की सहभागी छन्।

केही जनप्रतिनिधि भने उनको अभियानमा सहभागी भएका छन् । वामदेवको एकता अभियानमा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन,उपमेयर शरस्वती खड्का सहितका विभिन्न जिल्लाका जनप्रतिनिधि सहभागी रहेको बताइएको छ ।

वामदेवको अभियानमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हिरावहादुर महर्जन पनि जोडिएका छन् । अभियानको संयोजक गौतम र सहसंयोजक केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् ।

अभियानको केन्द्रीय समन्वय समिति अधिकतम ६ सय ५१ सदस्यीय हुने र १ सय ७५ सदस्यीय कार्यसम्पादन समिति बनाउने गरी संगठनात्मक संरचना तय गरिएको अभियानको अवधारणा पत्रमा उल्लेख छ ।

सबै स्थानीय तहको प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्वय समिति, ५१ सदस्यीय स्थानीय तह समन्वय समिति र १८ सदस्यीय वडा समन्वय समिति बनाउने गरी संगठनात्मक संरचना तय भएको अवधारणा पत्रमा उल्लेख छ ।

सबै समितिमा संयोजक, सह-संयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरू रहनेछन् ।

केपी ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, हुँदै भएन भने के गर्ने ? (पूर्णपाठसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here