कालो अंगुर खानुका यस्ता छन् अनेक फाइदा

काठमाडौं । खादा स्वादिलो र औषधीय गुण भएको कालो अंगुर मन नपराउने मासिन कमै होलान ।

विभिन्न प्रकारका पौष्टिक तत्वले भरिपुर्ण कालो अंगुरमा भएको पौष्टिक तत्वले विभिन्न प्रकारका रोगहरुबाट बचाउनको लागि सहयोग गर्छ ।

यस्ता छन् कालो अंगुरका फाइदा :

हृदयघात

अध्ययन अनुसार हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।

माइग्रेन

कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

रक्ताल्पता

शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

फोका

अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ ।

रक्तस्राव

शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउँदा ठीक हुने बताइन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here