बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, मेस्सीको उत्कृष्ट प्रदर्शन

काठमाडौं, १५ माघ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै कोपाको क्वाटरफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र फ्रेन्की डी जोंगले एक एक गोल गरेका थिए । त्यस्तै भल्लेकानोका लागि फ्रान ग्रासियाले एक गोल गरेका थिए ।

घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।

तर मेस्सीले ६९औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

मेस्सीले क्लब खेल जीवनको इतिहासमा पहिलो रातो कार्डका कारण दुई खेलको प्रतिबन्ध भोगेका थिए । जोर्डी अल्बाको सहयोगमा ८० औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेका हुन् ।

अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई ३–० तथा अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ ।

यस सिजनको कोपाको क्वाटरफाइनलमा अहिलेसम्म बार्सिलोनासहित लेभान्टे, रियल बेटिस, सेभिया, भिल्ला रियल र अल्मेरिया पुगिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here