सुनको मूल्य यथावत, चाँदीको बढ्यो

काठमाडौं । बिहीबार प्रतितोला १०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य शुक्रबार भने यथावत रहेको छ । आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार तेजावी सुनको मूल्यमा पनि कुनै परिवर्तन भएन । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँ बढ्यो । शुक्रबार चाँदीको कारोबार मूल्य १२ सय ८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here