चम्किलो अनुहारको लागि पिउनुहोस् करेलाको जुस

काठमाडौँ । करेला तितो हुने भएकाले धेरैले यसको तरकारी वा जुस खान मन पराउँदैनन् । तर करेला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको जुस र तरकारी खाँदा शरीरका विभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

टाउको दुख्ने समस्या

अत्यधिक टाउको दुखाईको समस्यामा करेलाको सेवन लाभदायी मानिन्छ । टाउको दुखेको समयमा करेलाको पात पिसेर टाउकोमा लगाउँदा दुखाईबाट राहत पाउन सकिन्छ ।

अनुहारको दाग हटाउन

अनुहारमा आउने दागहरु लामो समयसम्म नहराउँदा विभिन्न उपायहरु अपनाउने गरिन्छ । जसले छालामा कुरुपता ल्याउँछ । यस्तो समस्यामा करेलाको रस र मुलतानी माटो मिसाएर लगाउँदा दाग हट्दै जान्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here