बुद्धको अफर : माउन्टेन फ्लाइटमा एउटा टिकट किन्दा अर्को सित्तैमा, साथै चकलेट उपहार

फाइलफोटो

काठमाडौं। निजी क्षेत्रको अग्रणी वासुसेवा प्रदायक बुद्ध एयरले भ्यलेन्टाइन डे (प्रणय दिवस)लाई लक्षित योजना सार्वजनिक गरेको छ।

बुद्धले आगामी फेब्रुअरी १४ तारिखका दिन माउन्टेन फ्लाइट गर्ने जोडीलाई उपहार स्वरुप चकलेट र फूलको गुच्छा दिने योजना सार्वजनिक गरेको हो।

‘वर्षै पिच्छे यो दिवस विशेषगरी शहरीया युवा माझ ज्यादै लोकप्रिय हुँदै आएको छ। यो दिनलाई अझै रमाइलो बनाउन पर्वतीय उडानमा यो योजना ल्याइएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले अहिले माउन्टेल फ्लाइटका लागि ९ हजार ९९९ रुपैयाँमा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिँदै आएको छ । कम्पनीले हाल हरेक शनिबार माउन्टेन फ्लाइट गर्दै आएको छ । ‘भ्यालेन्टाइन डे’ को दिन आइतबार परे पनि माउन्टेन फ्लाइट गर्ने कम्पनीले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here