सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । आइतबार छापाल सुनको मूल्य सामान्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार १०० रुपैयाँ पुगेको छ ।

आइतबार तेजावी सुनको मूल्यपनि प्रतितोला १०० रुपैयाँ बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँ बढ्यो । आइतबार चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here