स्पेनिस ला लिगा : बार्सिलोना एथ्लेटिको क्लबसंग भिड्दै,दोस्रो स्थानमा उक्लने मौका

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना एथ्लेटिको क्लबसंग भिड्दै छ ।

नेपाली समय अनुसार आज राति १ः४५ बजेबाट बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सुरु हुने खेलमा लिगको चौंथा स्थानमा रहेको बार्सिलोना १० औं स्थानमा रहेको एथ्लेटिको क्लबसंग भिड्ने छ । एथ्लेटिको क्लबसंगको खेल जितेमा बार्सिलोना दोस्रो स्थानमा उक्लने छ ।

अहिलेसम्म लिगमा १९ खेल खेलेको बार्सिलोना ११ खेलमा जित र समान ४÷४ खेलमा बराबरी र पराजित हुँदै ३७ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ ।

यता अहिलेसम्म १९ खेल खेलको एथ्लेटिको क्लब ७ खेलमा जित ३ खेलमा बराबरी र ९ खेलमा पराजित हुँदै २४ अंकसहित अंक तालिकाको १० औं स्थानमा छ ।

१८ खेलमा ४७ अंक जाडेको एथ्लेटिको मड्रिड अंक तालिकाको पहिलो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here