सभामुख अग्नि सापकोटाद्वारा संवैधानिक निकायमा गरेको नियुक्ति सिफारिस ‘फिर्ता’

काठमाडौं, १८ माघ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्‌द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका छन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पठाइएको थियो ।

ती नाम संसदीय सुनुवाइको निम्ति संसद्‍मा पठाइएको थियो।सभामुख सापकोटाले मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका छन् ।

‘११ वटा संवैधानिक निकायमा रिक्तरहेका ती आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरु, अध्यक्ष तथा सदस्यहरुको नियुक्तीका लागि सिफारिस भई नेपालको संविधानको धारा २९२ बमोजिम यस सचिवालयमा पुस ९ मा पत्र प्राप्त हुन आइको सन्दर्भमा उपर्युक्त संवैधानिक आधार र कारण तथा अवस्था विद्यमान देखिन आएकाले संदीय सुनुवाई हुन नसकेको कारणले गर्दा तहाँबाट प्राप्त हुन आएको सम्पूर्ण सक्कलै कागजात यसै साथ फिर्ता पठाइएको छ’, पत्रमा भनिएको छ ।

संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेश ल्याएर परिषद्का बहुमत सदस्यको उपस्थितिमा बैठक बसी निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here