८८ हजार ७ सयले लगाए कोरोना विरुद्धको खोप, कुन प्रदेशमा कति ?

काठमाडौं, १८ माघ । कोरोना नेपालमा बुधबारबाट शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानमा उत्साहजनक सहभागि भएका छन् । खोप अभियानको पाँचौ दिन आइतबार सम्ममा ८८ हजार बढीले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रहरुबाट ८८ हजार ७ जनाले खोप लगाएका हुन् ।

पाँचौ दिनसम्ममा प्रदेश १ मा १२ हजा।र ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here