मेसी र ग्रिजम्यानको गोलमा बार्सिलोनाको जित, दोस्रो स्थानमा उक्लियो

काठमाडौं, १९ माघ । स्पेनिस ला लिगामा बार्सिलोना विजयी बनेको छ। गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए । एथ्लेटिकोका लागि एक गोल बार्सिलोनाकै जोर्डी अल्बाले आत्मघाती गोल गरेका थिए ।

घरलु मैदानमा भएको खेलमा २०औं मिनेटमा मेसीको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले ४९औँ मिनेटमा एथ्लेटिको बिल्बाओलाई एक आत्मघाती गोल उपहार दिए।

७४औँ ग्रिजम्यानले गोल गरी बार्सिलोनालाई पुनः अग्रता दिलाए । त्यसपछि कुनै टोलीको गोल नहुँदा बार्सिलोना २–१ को जित निकाल्न सफल भएको छ ।

यो जितपछि बार्सिलोना ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २० खेलमा ४० अंक भएको छ भने तेस्रो स्थानमा झरेको रियल म्याड्रिडको पनि २० खेलमा ४० अंक नै रहेको छ ।

त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको भने १९ खेलमा ५० अंक रहेको छ । त्यस्तै एथलेटिक क्लबको २० खेलमा २४ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here