मेस्सीलाई राख्न प्रतिसिजन एक सय ३८ मिलियन यरो खर्चदै बार्सिलोना

काठमाडौं । अर्जेन्टिनी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाको सम्झौता २०२१ को ३० जुनमा सकिदै छ । सम्झौताको समय घट्दै गर्दा मेस्सीले बार्सिलोना छोड्ने हल्लाले पनि प्राथमिकता पाईरहेको छ ।

पछिल्ला समयमा मेस्सीको नाम फ्रान्सेली क्लव पिएसजी र इङ्लीस क्लव म्यान्चेस्टर यूनाईटेडसंग जोजिईरहेको छ । तर, बार्सिलोना भने यस विषयमा फरक देखिएको छ । बार्सिलोना पछिल्लो समय कप्तान मेस्सीलाई खेल इतिहासकै सबैभन्दा धेरै तलब दिनेगरी सम्झौता थप्न लागि परेको स्पेनिस समाचारपत्र ‘एल मुन्डो’ ले दाबी गरेको छ ।

उक्त मिडियामा प्रकाशित भएको सूचना अनुसार बार्सिलोनामै बसेको खण्डमा मेस्सीले चार सिजनका लागि पाँच सय ५५ मिलियन युरो पाउने छन् । अहिलेसम्म सबैभन्दा धेरै ६ पटक बालोन डी‘ओर विजेता मेस्सीसंग बार्सिलोना २०२५ सम्मको लागि सम्झौता गर्न लागि परेको छ ।

बार्सिलोनाले मेस्सीसंग पछिल्लो समय नोभेम्बर २०१७ मा सम्झौता गरेकको थियो । उक्त सम्झौता यसै वर्षको ३० जुनमा सकिँदैछ ।

अघिल्लो समरमा नै बार्सिलोना छोड्ने प्रयास गरेका मेस्सी अब, भने पुनः बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने मनसायमा रहेको उल्लेख गरिएको छ । शनिबार राति एल मुन्डोले बार्सिलोना र मेस्सीबीच प्रतिसिजन एक सय ३८ मिलियन यरो लिनेगरी सम्झौता हुन लागेको जनाएको हो । त्यसमा अन्य शीर्षकका रकम समावेश छैन ।

यदि, प्रस्ताव गरिएको यो सम्झौता सफल भएमा मेस्सी खेल इतिहासकै सबैभन्दा धेरै तलब खाने खेलाडी समेत बन्नेछन् ।

तर, पछिल्लो समय ठूला प्रतियोगितामा उपाधी जित्नबाट चुकेको कारण मेस्सी बार्सिलोनामा नै बस्छन् भन्नेमा भने शंका देखिन्छ ।

सन् २००४ यता बार्सिलोनाको सिनियर टोलीबाट खेल्दै आएका मेस्सीले चार वटा च्याम्पियन्स लिग, दस वटा ला लिगा र छ पटक सुपर कपको उपाधि जितेका छन् ।

एक पटक फिफा द बेस्ट घोषित भएका उनले बार्सिलोनाबाट सात सय ५५ खेल खेल्दा छ सय ५० गोल र दुई सय ८४ असिस्ट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here