सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ पुगेको छ ।

सोमबार तेजावी सुनको मूल्यपनि प्रतितोला ५०० रुपैयाँ बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार १०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ८० रुपैयाँ बढ्यो । सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here