सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको विरोध

काठमाडौं, १९ माघ । प्रतिनिधि सभा सभामुखले संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध गरेका छन् ।

तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन गर्दै अदालतले आदेश दिएको खण्डमा बाहेक संवैधानिक परिषदले गरेको सिफारिस सभामुखले फिर्ता गर्न नमिल्ने भन्दै विरोध गरेका हुन् ।

आइतबार सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेका थिए। सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवन समेतको व्यवस्था गर्ने अधिकार आफूमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको भन्दै राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा आपत्ति जनाउनु परेको बताए ।

‘पत्रमा उल्लिखित संघीय संसद तथा सो अन्तर्गतका समितिहरुको व्यवस्थापन, सञ्चालन समेत व्यवस्था गर्ने अधिकार सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार भएको छ,’ तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलनमा भने ।

नेपालको संविधान र संघीय संसदको बैठक तथा संयुक्त समिति कार्यसंचालन नियमावली २०७५ ले संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको भन्दै तिमिल्सिनाले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको बताएका छन्।

सभामुख अग्नि सापकोटाद्वारा संवैधानिक निकायमा गरेको नियुक्ति सिफारिस ‘फिर्ता’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here