संवैधानिक परिषद्को बैठक स्थगित

फाइलफोटो

काठमाडौं, २० माघ । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए ।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए। प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख सापकोटाले भने उक्त बैठक बहिष्कार गरेका थिए।

तर, बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश जारी गरेको सरकारले देउवा र सापकोटाको अनुपस्थिति भएपनि नियुक्ति सिफारिसको निर्णय गरेको थियो। बुधबार नियुक्तिको ४५ दिन पूरा हुनेछ ।

संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ। बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here