भोगटे : स्वास्थ्यको लागि फाइदै फाइदा

काठमाडौं । पोषण तत्वले भरिपुर्ण फल भोगटेमा विभिन्न प्रकारका पोषक तत्वहरु पाईन्छ । ६१० ग्रामको एउटा भोगटेमा २३१ क्यालोरी प्राप्त हुन्छ । यो फलमा कार्बोहाइडेड, प्रोटिन, फाइबर, पोटासियम, कपर, भिटामिन सि, रिबोफ्लाबिन, थियामिन जस्ता तत्वहरु प्रचुर मात्रामा पाइन्छ ।

भोगटे एन्टीएक्सिडेन्टका लागि धनी फल हो । यसले हाम्रो शरीरका बिग्रिएका सेलहरुलाई रिकभर गर्न ठूलो भूमिका खेलेको हुन्छ । यो मुटु सम्बन्धी समस्या निदान गर्न उत्तम फल हो । त्यस्तै, भोगटेले क्यान्सर सेलका बिरुद्द लडाईं गर्छ ।

यो फल कुनै पनि खानामा र कुनै पनि समयमा सहज प्रयोग गर्न मिल्छ। भोगटे रोग प्रतिरोधात्मक क्षमता बृदि गर्न सहयोगी फल हो । साथै पाचन प्रणालीका लागि उपयोगी फल हो । त्यस्तै बोन हेल्थका लागि उत्तम फल हो। बुढोपना देखिनबाट बचाउँछ । यसलाई संक्रमण हुनबाट जोगाउने फलको रूपमा पनि लिइन्छ ।

यसले डाइबिटिज हुनबाट जोगाउँछ । यो स्किन केयर र कपालका लागि निकै उपयोगी फल हो । डन्डीफोर आउने समस्याका लागि पनि उपयोगी फल हो ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here